नियम १६
मनोनयनपत्र साथ संलग्न गर्नुपर्ने कागजात
ऐनको दफा १७ बमोजिम मनोनयनपत्र पेश गर्दा उम्मेदवारले मनोनयनपत्र साथ देहायका कागजात संलग्न गर्नु पर्नेछ ः-
(क) उम्मेदवारले वंशजको आधारमा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको तत्काल कायम रहेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।